एमाले स्थायी समितिको बैठक बस्दै

२०७२ चैत्र १७ गते, बुधबार

काठमाडौ, १७ चैत । एमाले स्थायी समितिको बैठक आज बस्ने भएको छ । बैठक सरकार सञ्चालनमा देखिएको अप्ठ्यारो र पार्टीका विभागलाई पूर्णता दिने विषयमा छलफलहुने बताइएको छ । स्थायी समितिको बैठकमा एमालेले लामो समयदेखि पूर्णता पाउन नसकेका विभाग गठन, नेताहरुको जिम्मेवारी विभाजनका विषयमा छलफल गर्नेछ । महाधिवेशन सम्पन्न भएको २ बर्ष पुग्दा पनि एमालेको केन्द्रीय विभागहरूले पूर्णता पाउन सकेका छैनन् ।
अहिलेसम्म विभागीय प्रमुख र उप–प्रमुखहरू मात्रै तोकिएका छन् । एमाले नेताहरूले भने संविधान निर्माण, संविधानको कार्यान्वयन, सरकार निर्माण तथा विनाशकारी भूकम्पका कारण विभागहरूले पूर्णता पाउनमा ढिलाइ भएको बताएका छन् ।
एमाले सचिव यागेश भट्टराईले सरकारको कामको समीक्षा, पार्टीको कामको मुल्याङकन, कार्यविभाजन लगायतका समग्र विषयमा छलफल हुने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]