राजकुमार ह्यारी स्वदेश फर्किदै

२०७२ चैत्र १७ गते, बुधबार

काठमाडौं, १७ चैत । बेलायती राजकुमार ह्यारी आज राति स्वदेश फर्किन लागेका हुन् । उनि गत चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका थिए । ह्यारी कतार एयरवेजको विमानमार्फत बुधवार राति ९ः१५ स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । नेपालमा बसाइका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
यसैगरी ह्यारीले भूकम्पले क्षति पु¥याएको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रसहित बर्दीया, भक्तपुर, लम्जुङ, गोरखा र पोखराको भ्रमण गरेका थिए । पाँच दिने नेपाल भ्रमणका लागि आएका ह्यारीले थप ६ दिन भूकम्पले क्षति पुर्याएको गोरखाको लापुबेसीमा रहेको प्रभातकिरण माविको पुनर्निर्माणको काममा समेत सहयोग गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]