संबैधानिक परिषद्को बैठक बस्दै

२०७२ चैत्र २६ गते, शुक्रबार

काठमाडौ, २६ चैत । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नेछ । हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले यही चैत ३० गतेदेखि अवकाश पाउने भएकाले संवैधानिक परिषद्ले वरिष्ठताको आधारमा कार्कीलाई प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्न लागेको हो ।
यसअघि संवैधानिक परिषदले पूर्णता नपाएकाले बैठक बस्न सकेको थिएन । सर्बोच्च अदालतमा महिला प्रधानन्यायाधीश बन्न लागेको यो पहिलो पटक हो ।

प्रतिक्रियाहरु

[anycomment]