पत्रकार ढुंगानालाई ९८१९५५२६०७ नम्बरको मोबाइलबाट धम्की

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौँ, २७ चैत । पत्रकार लक्ष्मण ढुंगानालाई ९८१९५५२६०७ नम्बरको मोबाइलबाट अज्ञात व्यक्तिले टेलिफोन गरी धम्की दिएको छ । जिल्ला शिक्षा कार्यालय बर्दियामा रक्सी पार्टी भएको समाचार लेखेको विषयलाई लिएर पत्रकार ढुंगानालाई धम्की आएको हो । धम्कीको नेपाल पत्रकार महासंघ बर्दिया शाखाले बिरोध जनाएको छ । पत्रकार ढुंगानालाई २४ गतेको कारोबार दैनिकमा प्रकाशित शिक्षा कार्यालयमै मदिरापार्टी शिर्षकको समाचारका साथै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गरेको भन्दै ९८१९५५२६०७ नम्बरको मोबाइलबाट अज्ञात व्यक्तिले धम्की दिएका थिए ।
पत्रकार महासंघ बर्दियाले शुक्रबार विज्ञप्ती निकालेर समाचारको विषयलाई लिएर ढुंगानासँगै अन्य सञ्चारकर्मीलाई पनि अपमानित गर्ने गरी भएका टिकाटिप्पणी तथा अभिव्यक्तिप्रति गम्भीर दुःख व्यक्त गरेको छ । पत्रकार महासंघ बर्दियाका सचिव यादव आचार्यले जारी गरिएको विज्ञप्तीमा कुनै पनि समाचारका विषयमा चित्त नबुझे कानूनी उपचार गर्ने प्रशस्त आधार हुँदाहुँदै सञ्चारकर्मीलाई त्रास र धम्की दिने काम तत्काल बन्द गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]