राजनीतिक दलमा एक तिहाई महिला अनिबार्य

२०७२ चैत्र २९ गते, सोमबार

काठमाडौ, २९ चैत । राजनीतिक दलहरुले हरेक समितिमा एक तिहाई महिला सहभागी नगराए दल दर्ता खारेज हुने भएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुका हरेक समितिमा महिलाको एकतिहाई उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था सहितको प्रस्ताव गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता ऐन संशोधन विधेयकमा संसदको राज्य व्यवस्था समितिमा पेस गरेको कार्यबाहक प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए । उनका अनुसार आयोगले दलहरुलाई कस्न अरु प्रावधान पनि राखेको छ । आयोगले राज्य व्यवस्था समितिको बैठकमा ५१ प्रतिशत महिलाको जनसंख्या भएको देशमा हरेक दलले सबै समितिमा एक तिहाई महिला अनिवार्य सहभागी गराउनुपर्ने प्रस्ताव पेश गरेका हुन् । आयोगले हरेक वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाउने दलको पनि दर्ता खारेज गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]