राजतन्त्र फर्काउन चलखेल सुरु

२०७३ बैशाख २ गते, बिहीबार

काठमाडौं , २ बैशाख । शाही युवा शक्ति नेपालले राजतन्त्र पुर्नवहालीको माग गर्दै बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ । युवा शक्ति नेपालले काठमाडौँमा पत्रकार सम्मेलन गरी राजतन्त्र पुर्नवहालीको माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । उसले गणतन्त्रको सशक्त विरोध गर्ने भन्दै बैशाख ३ गते मोटरसाईकल र्याली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना गर्ने, जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर खुल्लामञ्चमा बृहत्त सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
उक्त समूहले प्रमुख राजनीतिक दलहरुले राजा ज्ञानेन्द्रसँग तत्कालिन अवस्थामा गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएको छ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजनीतिक पार्टीका शिर्ष नेताहरुले विदेशी डलरमा राष्ट्रियता बेचेको भन्दै खबरदारी गर्न नेपाल बन्दको आयोजना गरिएको बताए । घुमाउरो भाषा बोल्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मैदानमा उत्रिएको संकेत देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]