एमाले केन्द्रीय कमिटीको बैठक सकिँदै
काठमाडौ, ३ बैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक निर्धारित समयभन्दा तीन दिन ढिलागरी आज सकिने भएको बताइएको छ । आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिने छ । सबै नेताहरुले बोल्ने र सुझाव पेश गर्ने क्रम सकिएकाले आज अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेलेका थिए । उनिहरुले अध्यक्ष ओलीले आफैले गुटबन्दी गरेको आरोप लगाएका थिए । अनुशासन आयोगको प्रतिवेदनले पनि गुटबन्दी रहेको देखाएको छ ।
अध्यक्ष ओलीले ती प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पनि संसोधनसहित प्रतिवेदन पारित हुनेछ ।