मधेसी दललाई वार्तामा आउन आह्वान
काठमाडौं, ३ वैशाख । आन्दोलनरत् मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत ६ दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय समितिको छैटौं बैठक आज सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको छ । बैठकले समसामयिक १९ ओटा प्रस्ताव पनि पारित गरेको छ । पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।