संघीय गठबन्धन आन्दोलन घोषणा गर्ने तयारीमा
काठमाडौ, ८ बैशाख । आन्दोलनका कार्यक्रम तय गर्न संघीय लोकतान्त्रिक गठबन्धनको बैठक आजपनि बस्दैछ । बैठकमा संघीय लोकतान्त्रिक गठबन्धनमा आबद्ध २४ दलका तर्फबाट फरक फरक धारणा आएपछि हिजो आन्दोलन कार्यक्रम तय गर्न सकेको थिएन ।
संघीय समाजवादी फोरम कार्यालयमा दिनभर आज बस्ने बैठकमा भावी आन्दोलन कस्तो हुने भन्नेमा नेताहरूले आ–आफ्ना भनाई राखेपछि आन्दोलन घोषणा गर्ने फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
देशभरीका जिल्लाहरुमा आन्दोलन गर्ने वा काठमाडौ केन्द्रित गर्ने भन्नेमा फरक फरक भनाई आएका छन् । हिजोको बैठकमा २४ मध्ये १८ दलका नेताले बोलिसकेको र आज बाँकी नेताले भनाई राखेपछि आन्दोलनका कार्यत्रम तय हुने यादवको भनाई छ । बैठकमा २६ बुँदे माग पत्रलाई केन्दैमा राखेर छलफल भइरहेको छ । आजको बैठक बिहान ११ बजे सुरु हुनेछ ।