वैद्यविना नै माओवादी एकताको तयारी
काठमाडौ, ९ बैशाख । एमाओवादीसँग पार्टी एकता गर्ने विषयमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र विवाद चुलिएको छ।
वैचारिक मतभेद अन्त्य गरेर एकता प्रक्रियामा जाने वा मतभेदलाई संयुक्त महाधिवेशनमा लगेर छलफल गरी टुंग्याउने भन्नेमा अध्यक्ष वैद्य र संगठन विभाग प्रमुख रामवहादुर थापा बादलबीच ठूलो मतभेद छ।
बैद्य पहिले राजनीतिक मतभेद समाधान हुनु पर्ने पक्षमा छन्। बादल भने पार्टी एकता संयोजन समिति बनाएर तत्काल एकतामा जाने र विवादित विषय संयुक्त महाधिवेशनमा लगेर टुंग्याउनु पर्ने पक्षमा छन्।
सोही विवादले एकताबारे निर्णय लिन बसेको केन्द्रीय समिति बैठक नै अनिर्णीत बनेको छ। बैद्य तयार नभइ पनि बादलसहितका नेताहरु एकताको तयारीमा छन्। – नयाँ पत्रिका दैनिकवाट