एमाओवादी स्थायी समितिको बैठक बस्दै
काठमाडौ, १६ बैशाख । आज एमाओवादी स्थायी समितिको बैठक बस्दैछ । बैठकमा आगामी बर्षको बजेट र नीति तथा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट सरकारलाई सुझाव दिन एमाओवादीले छलफल गर्न लागेको हो । बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बस्ने स्थायी समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल हुनेछ ।
आउने बजेट अधिवेसनमा पार्टीका तर्फबाट खेल्ने भूमिका, सरकार सञ्चालनमा मन्त्रीहरुले सार्ने एजेण्डा र भूकम्पपछिको पुनःनिर्माणका विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सरकारले आउने हप्ता नीति तथा कार्यक्रम र प्री बजेट ल्याउने तयारी गरेको छ ।