आज जनकपुर बन्द
काठमाडौ, १७ बैशाख । आमरण अनशनमा बसिरहेकी रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरी अस्पताल पु¥याएको भन्दै आज जनकपुर बन्द गरिएको छ । निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आज जनकपुर बन्द गरिएको हो ।
आफ्नो श्रीमान्को सञ्चार उद्यमी अरूण सिंघानिया हत्यामा संलग्नता नभएको दाबीसहित न्यायिक छानबिनको माग राखी जनक चोकमा बन्दले व्यवसाय, उद्योग, यातायात र शैक्षिक प्रतिष्ठान प्रभावित भएको छ । वैशाख २ गतेदेखि अनशन बस्दै आएकी रङ्गीलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि उनलाई अञ्चल अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयको कथन छ भने रङ्गीलाले प्रहरीले हातपात गर्दै अस्पताल ल्याई उपचार गराउन दबाब दिइरहेको आरोप लगाएकी छिन् ।
यसैबीच जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साहले रङ्गीलालाई प्रहरीले गरेको अमानवीय व्यवहारको विरोध गर्दै जनक चोकमा अनशन सुरु गरेका छन् ।