सर्वदलीय बैठक बस्दै
काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बजेट अधिवेशन लगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन । सिंहदरबारमा बस्ने सो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।बैठकमा बजेट अधिवेशनको तयारीका साथै, भूकम्पपछिको पुनःनिर्माण महाअभियानमा दलले परिचालन गर्ने स्वयम्सेवक र समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
तराई–मधेसकेन्द्रित दलले संविधानमा असन्तोष जाहेर गरी आन्दोलन गरिरहेका बेला सो विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुने बुझिएको छ । प्रतिपक्षी दलले सरकारको पुनःनिर्माणको काम प्रभावकारी नभएको आवाज उठाइरहेका सन्दर्भमा पनि बैठक केन्द्रित हुनेछ । संसद्को बैठक यही वैशाख २१ गतेका लागि आह्वान गरिएको छ ।