सर्वदलीय बैठक सम्पन्न , मोर्चाका नेता अनुस्पस्थित

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भाको छ । बैठकमा मधेसी मोर्चाका नेताहरु भने उपस्थित भएनन् ।
बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण, संसद् अधिवेशनलाई प्रभावकारी बनाउन र मधेसी मोर्चासँग गर्ने भनिएको वार्ताका बारेमा सर्वदलीय सुझाव लिएका छन् । प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक आह्वान गरी सुझाव संकलन गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको एक वर्ष र पुनर्निर्माणका विषयमा सरकारले गरिरहेको कामबारे जानकारी दिएका थिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने उपयायका बारेमा समेत सुझाव संकलन गरेका थिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले वैशाख २१ गतेदेखि शुरु हुने संसद अधिवेशन र बजेटलगायतका विषयमा पनि सर्वदलीय सुझाव संकलन गरेका छन् । बैठकमा सहभागी दलका नेताहरुले पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
त्यसैगरी संसद अधिवेशन र आगामी बजेटका विषयमा पनि नेताहरुले विभिन्न सुझाव दिएका छन् । नेताहरुले मधेसी मोर्चासँग छिट्टै वार्ता गरी सहमति कायम गर्नसमेत सुझाव दिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]