संसदको बजेट अधिवेशन सुरु हुदै
काठमाडौं, २१ वैशाख । ब्यवस्थापिका–संसदको दोश्रो अधिवेशन ब्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेआजदेखि शुरु हँदैछ । बर्षे अधिवेशनका रुपमा रहने संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०७३/७४ को बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस अधिवेशनलाई वैशाख २६ गते सम्बोधन गर्नेछिन् । अधिवेशनमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नयाँ आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नेछन् । पूर्व बजेटका रुपमा समेत उक्त छलफललाई लिइन्छ ।
यद्यपि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अधिवेशनकै समयमा भूकम्पपछिको पुनर्निर्माणको बिषयमा सरकारको चर्को आलोचना गर्ने सम्भावना रहेको छ ।