‘राजदूत फिर्ता बोलाउनु आपत्तिजनक ‘
काठमाडौं ,२५ वैशाख । आज व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले भारतकालागी नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय प्रति आपत्ति जनाएका छन । उनले सरकारसग उपाध्यायलाई फिर्ता बोलाउनुको कारण माग गरेका छन ।
उनले प्रतिशोधको राजनीति गरेको भन्दै ओली सरकारको आलोचना गरे । महतले उपाध्यायमाथि अनावश्यक लाच्छना लगाएर एमाले सरकारले प्रतिशोधपूर्ण काम गरेको अारोप लगाए । राजदूत फिर्ता गर्दा परराष्ट्र मामिलामा कमजोर भएको बताए । मधेस केन्द्रीत दलहरुले वहिष्कार गरेको आजको बैठकमा बजेट बारेको छलफल केन्द्रीत रहेको छ ।