सरकारको नीति तथा कार्यक्रम ल्याइदै

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । आज संसद् भवनमा दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारको आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि नीति तथा कार्यक्रम ल्याइदैछ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडितलाई राहत, स्थानीय निकायको निर्वाचनको तयारी, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय समेटिएको छ ।
आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण, स्वास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने सरकारले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]