तुलसी पेट्रोल पम्पमा सिल

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । नापतौल विभागले दाङ्ग तुलसीपुरले कम परिमाणमा इन्धन बेचेर उपभोक्तालाई ठगी गरेको भन्दै तुलसी पेट्रोल पम्पलाई सिल गरेको छ । छड्के अनुगमनमा आएका बिभागको टोलीले हिजो पम्पको अनुगमन गर्दा कम परिमाणमा इन्धन बेचेको पाएपछि तुलसी व्यापार सेवाले सञ्चालन गर्दै आएको तुलसी पेट्रोल पम्पमा सिल गरिदिएको हो । नापतौल तथा गुणस्तर कार्यालय नेपालगञ्जबाट आएको टोलीले पम्पले डिजल र पेट्रोल बिक्री गर्दा एक लिटरमा १० मिलिलिटर कम दिएको पाएपछि पम्पको नोजल शिल गरेको छ ।
आपूर्ति मन्त्रालयका उपसचिव बाबुराम भुसाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमलाल महर्जन, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जका बरिष्ठ निरिक्षक शम्भुकुमार झालगायतको टोलीले अर्को ब्यवस्था नहुँदासम्मका लागि पम्पको नोजल सिल गरिदिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]