सरकारले बोलाएको वार्ताका विषयमा मोर्चाले छलफल गर्ने

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौ, २७ बैशाख । सरकारले वार्तामा आउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई हिजो औपचारिक पत्र पठाएपछि सरकारसँग गर्ने वार्ताका विषयमा मधेसी मोर्चाले छलफल गर्ने भएको छ । मोर्चाले माग पुरा गर्ने सुनिश्चित भए मात्रै वार्ता गर्ने प्रारम्भिक प्रतिक्रिया दिएपनि पत्रका विषयमा आज छलफल हुनेछ । सरकारको वार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पत्र पठाई वार्तामा आउन आग्रह गरेका हुन् ।
सदभावना पार्टीका महासचिव मनिष सुमनले सरकारसँग वार्ता गर्न मोर्चा तयार रहेको तर त्यसअघि छलफल गर्ने बताए । मोर्चामा केही नेता भने वार्ता गर्न नहुने पक्षमा छन् । पत्रमा वार्ताको मिति दुवै पक्षको सहमतिमा तोकिने उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]