वार्ताको नाममा सरकारको नौटंकी मात्र : यादव

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौ, २८ बैशाख । मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र जारी मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने बताएका छन । यादवले वर्तमान सरकार फेल भइसकेको हुनाले वार्ताको कुनै औचित्य नरहेको समेत बताएका छन् । सरकारले वार्ताको बिश्वास गुमईसकेको र वार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहेको बताउदै मोर्चाले उठाएको मागलाई नजर अन्दाज गरे सरकारले आउदा दिनमा ठुलो क्षति व्यहोरनुपर्ने बताए ।
उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले छिमिके मुलुक एवं अन्य राष्ट्रहरु संग व्लाकमेलीङ्गको काम गरिरहेको तथा बिदेशीहरुले नेपाललाई दिने सहयोग समेत कटौती गर्दै गइरहेको बताए । मधेस आन्दोलनको स्वरुप परिर्वतन भइसक्दा समेत आम नागरिकलाई अहिले पनि सहज रुपमा ग्याँस र पेट्रोल उपलब्ध नहुनाले वर्तमान सरकारले कालो बाजारीयालाई प्रश्रय दिइ रहेको आरोप लगाए । संघीय महागठबन्धनका नेता समेत रहेका यादवले गठबन्धन वा मोर्चामा कुनै बिवाद नरहेको स्पष्ट पारेका थिए । उनले जारी मधेस आन्दोलनले राष्ट्रिय रुप लिइ सकेको र अब काठमाडौंमा जेठ १ गते बाट हुने निर्णायक आन्दोलन सफल पार्न सवैलाई आग्रह समेत गरे ।

प्रतिक्रियाहरु

[anycomment]