मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार
काठमाडौ, २८ बैशाख । मधेसी मोर्चाद्वारा आफ्नो मागहरु पुरा नभएको भन्दै व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पेश गरेको सरकारको नीति तथा कार्यक्रम माथीको छलफल बहिष्कार गरेको छ । मोर्चा बहिष्कार गरेपनि सभामुख ओनसरी घर्तीले नीति तथा कार्यक्रम प्रस्तुत गरेको धन्यवाद प्रस्ताव पेश गरेसँगै छलफल प्रारम्भ भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकसहित ४ सांसदले हिजो संसदमा नीति तथा कार्यक्रम प्रति संशोधन प्रस्ताव दर्ता गराएका थिए । संसदमा छलफल सुरु भएसँगै संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुलाई बोल्न समय दिइएको छ । आफूले दर्ता गराएको संशोध प्रस्ताव बारे बोल्दै रमेश लेखक स्थानीय चुनाव हुन नसक्ने अवस्थामा मंसिरमा चुनाव गर्ने भनेर घोषणा गर्नु संविधान विपरित भएको बताएका छन् ।