प्रधानमन्त्रीले कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्ने
काठमाडौ, २९ बैशाख । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कूटनीतिक समुदायलाई आज सरकारको नीति तथा कार्यक्रम र राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउने भएका छन । पछिल्लो अवस्थाबारे आज प्रधानमन्त्री ओलीले ‘ब्रिफिङ’ गर्न लागेको बताइएको छ । सत्ता परिवर्तनमा कूटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले कूटनीतिक समुदायलाई आज दिउँसो नेपालको आन्तरिक मामिलाबारे जानकारी गराउन लागेको हो ।
नीति तथा कार्यक्रम र आगामी बजेटबारे समेत कूटनीतिक समुदायलाई जानकारी गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पहिला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सम्बोधन गर्ने र मन्त्रालयमा बोलाउने भनिए पनि उच्चस्तरबाटै हुनुपर्ने भन्दै प्रधानमन्त्रीले नै उनीहरूलाई उत्तर दिने गरी तयारी भएको हो ।
कार्यक्रममा परराष्ट्रमन्त्री थापाले पनि बोल्ने कार्यक्रम भने रहेको छ । सरकारको कदम, स्थानीय निर्वाचन, बजेट तथा अहिलेको अवस्थाबारे उनीहरूको समेत धारणा लिने उद्देश्यले सरकारले यो कार्यक्रम राखेको हो ।