पुनःनिर्माणमा पञ्चबर्षिय योजना

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र सार्वजनिक गर्ने भएको छ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना सार्वजनिक गर्नुहुनेछ । कार्यक्रममा दातृ निकायका अधिकारीहरुलाई पनि बोलाइएको छ ।
आज दिउँसो ४ बजे एक विषेश कार्यक्रम गरि काठमाडौको एक पाँचतारे होटलमा योजना सार्वजनिक गर्ने पुनः निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपतपछिको आवश्यकता आंकलन’ मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]