एसएसपी चन्दलाई ९ महिना कैदको फैसला

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० बैशाख । तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेमबहादुर चन्दलाई जग्गा खरिद गर्दा भ्रष्टाचार गरेक ठहर गरी विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएका छन् । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको सो अदालतका उपरजिस्ट्रिर लेखनाथ भट्टराईले बताए ।
विशेष अदालतले खरिद गरिएका भनिएका जग्गाधनिहरू रामकुमार भालु, रामेश्वर कायस्थ र सुनिल राजवंशीलाई जनही ३ महिना कैद हुने ठहर गरेको छ ।
जग्गा खरिद गर्दा भ्रष्टाचार भएको दाबी गरी अख्तियारले २०७० पुस ७ गते एसएसपी चन्दसहित ३ जना जग्गाधनीहरूलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]