पूर्व अर्थमन्त्री पक्राउ

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौं, ३० वैशाख । श्रीलङ्काका पूर्व अर्थमन्त्री बसिल राजपाक्छेलाई बिहीबार प्रहरीले पक्राउ गरेको समाचार छ । राजपाक्छेलाई आज उन कै निवास कोलम्बोबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । राजपाक्छे आर्थिक अनियमिताको आरोपमा पक्राउ परेको बताइएको छ । उनि श्रीलङ्काली पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेका भाई हुन् । श्रीलङ्काली प्रहरीको आर्थिक अपराध अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उनि आर्थिक अनियमितामा मुछिएको पाइएकोले उनिमाथि थप छानबीन गर्न पक्राउ गरिएको प्रंहरीले जनाएको समाचारमा जनाइएको छ । उनि गतवर्ष पनि आर्थिक मुद्धामा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
यस पटकको मुद्दाका बारेमा प्रहरीले केही भनेको छैन । यस पटक नियन्त्रणमा लिइएको मात्र जानकारी दिएको छ र यस विषयमा थप जानकारी दिइने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]