सरकारको नीति तथा कार्यक्रम पारित हुदै

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७३/७४को नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिने बताइएको छ । आज बिहान १० बजे बस्ने बैठकमा बाँकी सांसदहरुले भनाई राखेपछि दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँकेलले जानकारी दिए । सरकारले आइतबार व्यवस्थापिका–संसदमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि विभिन्न दलहरुले दुई दर्जन बढी संशोधन पनि दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट १६ ओटा, नेपाल मजदुर किसान पार्टीबाट १० र खुम्बुवान पार्टीबाट एउटा संशोधन प्रस्ताव दर्ता गराइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।
नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिएपछि धन्यवाद प्रस्तावसहित पारित गर्ने कार्यतालिका रहेको छ । नीति तथा कार्यक्रमका आधारमा जेठ १५ मा बजेट ल्याउने तयारी सरकारले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]