चीन नेपालको सञ्चार र प्रविधिमा सहयोग गर्न इच्छुक
काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सञ्चारमन्त्री काई फु चाओ आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा चिनियाँ सञ्चारमन्त्री काई फु चाओले नेपालको सञ्चार र प्रविधिको क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन । भेटमा चाओले नेपालको विकासमा चीनले सँधै सहयोग गर्ने वचन दिए । पछिल्लो समयमा भूकम्प र नाकाबन्दीका कारण नेपालको साँस्कृतिक, धार्मिक धरोहरको विनास भएको भन्दै उनले पुनर्निर्माणमा सहयोग गर्ने वचन दिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोपाल खनालले जानकारी दिए ।
प्रधानमन्त्री ओली र चिनियाँ सञ्चारमन्त्री चाओबीच नेपालको समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा पनि छलफल भएको थियो ।