​​‘इच्छुक’को सम्झनामा अन्तरक्रिया कार्यक्रम

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं, १३ जेठ । महान सांस्कृतिक–साहित्यिक अग्रज, पत्रकार एवंम सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’को हत्या भएको दिन आज १४ औं स्मृर्ति एवंम बलिदानी दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यसैक्रममा यता बुटवलमा पनि क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीको आयोजनामा ‘जनपक्षिय पत्रकारीतामा कृष्ण सेनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा माओवादी रुपन्देहीका सेक्रेटरी शरद ओलीले नेपालमा पक्षधरता र पितपत्रकारिता हावि भैरहेको बेला कृष्ण सेन इच्छुकको पत्रकारिताको आर्दश र साहित्यिक एवंम सांस्कृतिक आन्दोलनलाई आर्दशको रुपमा ग्रहण गर्नुपर्ने बताए । पत्रकारीता आफैंमा स्वतन्त्र भएपनि जनपक्षीय पत्रकारिता गर्नुपर्ने भन्दै नेपालका मिडियाहरु धेरै व्यवासायीक भएर जनपक्षीय कलम कमजोर हुँदै गएको छ, उनले थपे नेपालका ठुला मिडियाहरु पैसाको भरमा समाचार छाप्ने कामतिर लाग्नु पत्रकारिताको उचित न्याय होईन, पत्रकारहरुले इच्छुकबाट धेरै कुरा सिक्नुपर्छ ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनुप बराल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी एवं उपाध्यक्ष यानेन्द्र जीसि, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष गुनाराम घिमिरे, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष श्यामलाल पोख्रेल, साहित्यकर्मी दिपक विश्वकर्मा, पत्रकार विश्वास ढकाल लगायतले अन्तरक्रियामा बोल्दै कृष्ण सेन क्रान्तिकारी पत्रकार मात्र नभएर क्रान्तिकारी साहित्यकार पनि भएकाले धेरै क्षेत्रको आर्दश बनेको बताए । सेनको आर्दश जनपक्षीय पत्रकारिता र जनताको पक्षमा कलम चलाएमा मात्र उनको सपना पूरा हुने अधिकांश बक्ताहरुको भनाई थियो ।
तत्कालिन शाहि सेनाले २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर उहाँको हत्या गरेको थियो । कार्यक्रमको संचालन क्रान्तिकारी पत्रकार संगठनका शिव डुम्रेले गरेका थिए भने सभापतित्व क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य एवंम रुपन्देही ईन्चार्ज प्रकाश डुम्रेले गरेका थिए ।
– शिव डुम्रे / बुटवल

प्रतिक्रियाहरु

[anycomment]