माओवादीको दर्जनौ कार्यकर्ता पक्राउ

२०७३ जेष्ठ २७ गते, बिहीबार

काठमाडौं २७ जेठ । नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित बनेको छ । माओवादीले नेपाल बन्द गराएको भन्दै प्रहरीले उसको दर्जनौ कार्यकर्तालाई पक्राउ गरेको माओवादीले जनाएको छ । पक्राउ पर्नेमा काठमाण्डौको कंलकिबाट ट्रेड युनियन महासंघको अध्यक्ष योगेद्र कुमाल ,बिष्णु अधिकारी, रविन खत्री लगायत छ जना नेता तथा कर्यकर्ता रहेको माओवादीले जनाएको छ । यसैगरी , बालाजुबाट बिद्यार्थी नेताहरु मिन चलाउने ,सुमन अधिकारी ,चन्द्र बुढा ,रजमान तामाङ र मजदुरका सागर तिमल्सिना र खगेन्द्र मैनालीलाई पनि नियन्त्रणमा लिएको बताईएको छ । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कोशी ब्यूरो संयोजक नबराज भटराइ, मोरोङ जनसत्ता प्रमुख दिपक र इटहरी नगर इन्चार्ज बिक्रम लगायत कोशी ब्यूरोबाट आधा दर्जन नेता तथा कर्याकर्ता पक्राउ परेको माओवादीले जनाएको छ । भक्तपुर जिल्ला जनपरिषद प्रमुख कृष्णराम खड्का सल्लाघारी बाट पक्राउ परेका छन् । रत्नपार्कबाट जन गणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष राजु कार्की सहित १० जना पक्राउ परेको जनाईएको छ । यसैगरी कलङकीबाट काठमाण्डौ जिल्ला पाटीका ईलाका नम्बर ८ का सेक्रेटरी बिजयलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अहिलेसम्म बन्दका क्रममा कालिमाटीबाट माओवादी निकट टेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमालसहित १२, ललितपुरबाट ११, कलंकीबाट ८, भक्तपुरबाट भक्तपुर जनपरिषद् प्रमुख कृष्णराम खडकालगायत २, बालाजुबाट २ गरी ३५ जना नेता–कार्यकर्तालाई प्रहरीले जबर्जस्त पक्राउ गरेको माओवादीका पोलिट ब्यूरो सदस्य एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले जानकारी दिएका छन् ।
त्यस्तै पोखराबाट गोकुलसहित १०, सुनसरीबाट २, मोरङबाट २, सिन्धुलीबाट ६ नेता कार्यकर्तालाई गिरफ्तार गरेको उनले प्रमुख बुढाले बताए । त्यस्तै कालीकोटमा १२ जनालाई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । रिपोर्ट आइरहेको जनाउँदै गिरफ्तार संख्या बढ्न सक्ने बताएको छ । अहिलेसम्म देशभरबाट एक सयभन्दा बढी गिरफ्तार परेको माओवादीले जनाएको छ ।
बन्दको अवज्ञा गरी जबर्जस्त चलाइएका केही सवारीसाधनलाई रोक्न खोज्दा केही स्थानमा सामान्य तोडफोड भएको पनि उनले स्वीकारेका छन् । कोटेश्वर तीनकुनेमा भएको ट्याक्सीमा भएको आगजनीबारे भने आफूलाई थाहा नभएको बुढा भनाई छ ।
सिन्धुलीबाट पार्टीका पोलिटब्यूरो सदस्य ओम पुनलाई बन्दको पूर्वसन्ध्यामा बुधबार साँझ प्रहरी बसिरहेको बेला जबर्जस्त गिरफ्तार गरिएको भन्दै परिषद् प्रमुख बुढाले आपत्ति जनाए ।
पुनलगायत ६ जनालाई बिनासर्त तत्काल रिहा गर्न पनि बुढाले सरकारसँग आग्रह गरेका छन् । बिना कारण गिरफ्तार गर्नु सरकारको नलायकीपन र निरंकुशता बाहेक अन्य केही नभएको उनको भनाई छ ।
बन्दमा एम्बुलेन्स, पर्यटक, कूटनीतिक नियोग, पानी, दूध, शव बहान, पे्रस, मानवअधिकार, रेडक्रसलाई भने चल्न दिने पार्टीको नीति रहेको उनले बताए ।
बन्दलाई अवज्ञा गरी उल्लेखितबाहेक सवारी साधन नचलाई दलाल, भ्रष्टचारीहरुमाथि कारवाही गराउन दबाब सिर्जनामा सहयोग गर्न पनि जनसमुदायमा नेता बुढा अपिल गरेका छन् ।
शान्तिपूर्ण बन्द कार्यक्रममा सरकारले दमनको भाषा बोलेको भन्दै उनले खेद व्यक्त गरेका छन् । देशभरबाट गिरफ्तार गरिएका आफ्ना पार्टीका नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न जोडदार माग बुढाले गरे । रिहा नगरे कडा आन्दोलनसहित मैदानमा आउन बाध्य हुने चेतावनी दिए । बन्द बेलुका पाँच बजेसम्म कायम रहने उनले जानकारी दिए ।
बन्दका क्रममा नयाँ बजारमा एक माइक्रोबस, त्रिपुरेश्वरमा एउटा साझा यातायातमाथि तोडफोड तीनकुनेमा एउटा टय्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । त्यस्तै बिर्तामोडबाट झापा जाँदै गरेको यएउटा यात्रुबाहक बसमा पनि बन्दकर्ताको तोडफोड गरी क्षति पुर्याएको जनाएको छ ।
सोही क्रममा उपत्यकाबाट २२ लगायत देशभरबाट ३० भन्दा बढी बन्दकर्तालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]