प्रधानमन्त्रीको पत्र बारे गठबन्धनले ठोस धारणा बनाउने
काठमाडौ, ३१ जेठ । काठमाडौको खुलामञ्चमा रिले अनसनमा रहेको संघीय लोकतान्त्रिक मधेसी गठबन्धनले प्रधानमन्त्रीले पठाएको पत्रका विषयमा छलफल गर्ने भएको छ । प्रधानमन्त्रीले हिजो गठबन्धनलाई सम्वोधन गर्दै पत्र पठाएपछि आज त्यसका विषयमा छलफल हुनेछ । गठबन्धनले पत्र प्राप्त नभएको तर प्राप्त नभए पनि सामान्य छलफल गर्ने र पत्र पाएपछि धारणा बनाउने बताएको छ । तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले पत्र प्राप्त भइनसकेको बताए । यसअघि पनि निकै ढिलोगरी पत्र पाएको र हिजो पठाएको पत्र पनि अहिलेसम्म नआएको बताए । उनले पत्र आएपछि ठोस धारणा बनाउने र त्यसअघि छलफल हुने बताए ।