सरकार पूर्णरुपले असफल : निधि
काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणमा सरकार पूर्णरुपले असफल भएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित साक्षात्कारमा उनले पुनःनिर्माण प्राधिकरणले पठाएको सर्वे टोलीलेसमेत पक्षपात गरेको दाबी गरे । कांग्रेसले सधैं न्यायपालिको सम्मान गर्दै आएको भन्दै उनले संसदीय सुनुवाइ समितिको विवाद र बहस एमालेका कारण उत्पन्न भएको जिकिर गरे ।