तीन दिनभित्र चिकित्सक उपस्थित गराउन सर्वोच्चको आदेश

२०७३ असार ७ गते, मंगलवार

काठमाडौं, ७ असार । सर्वोच्च अदालतले शुक्रबार विभिन्न स्थानबाट पक्राउ परेका दसजना चिकित्सकलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन गृह मन्त्रालयसहितका सुरक्षा निकायलाई आदेश दिएको छ । यी चिकित्सकले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । सर्वोच्चले चिकित्सकहरुलाई पक्राउ गर्नु पर्नाको कारण खोलेर लिखित जवाफसहित तीन दिनभित्रै उपस्थित गराउन गृह, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई आदेश दिएको हो । आफूहरुलाई अधिकारक्षेत्रभन्दा बाहिर गई गैरकानुनी रुपले पक्राउ गर्दै बन्दी बनाइएको दाबीसहित चिकित्सकहरु पन्नालालप्रसाद पटेल, निमेषलाल रमन, इसादुल हक, सन्तोषकुमार झा, महम्मद रहुल्लाह, रामकुमार प्रधान, सरोजकुमार सिंह, पुनम कर्ण र विनिता मण्डलले आइतबार रिट दिएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]