संसदको बैठक आइतबारसम्मका लागि स्थगित

२०७३ असार १० गते, शुक्रबार

काठमाडौ, १० असार । संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सरकारले भूकम्प पीडितको राहतमा राजनीतिक गरेको भन्दै नेपाली कांग्रेसले अवरोध पुराएपछि स्थगित भएको बैठक स्थगित भएको हो । हिजो काँग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सरकारले भूकम्प पीडितका लागि वितरण गरेको राहतको विवरण संसदमा प्रस्तुत गर्ने तयारी गरे पनि तयारी पूरा नभएकाले आइतबार मात्र प्रस्तुत गर्ने तयारी भइरहेको बुझिएको छ । आजको बैठकमा विवरण प्रस्तुत नभए काँग्रेसले अवरोध गर्ने तयारी गरेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
विनियोजन विधेयकमाथिको छलफल चलिरहे पनि भूकम्प पीडितका विषयमा विपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो ।
संविधान पुनःलेखनलगायतको मागसहित मधेसी मोर्चाले संसद बैठक लगातार बहिस्कार गर्दै आएको छ । नेपाली कांग्रेस संसदीय दलले समेत भूकम्प पीडितका विषयमा सरकारले स्पष्ट नपारेसम्म बैठक चल्न नदिने बताएपछि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]