देशभक्तलाई गिरफ्तार किन ?

२०७३ असार १६ गते, बिहीबार

काठमाडौ, १६ असार । नेकपा माओबादी कपिलबस्तुका सेक्रेटरी संगम पुनले देश वेच्नेहरु सिंहदरबारमा आशिन रहेको तर सरकारले देशभक्तहरुलाई गिरफ्तार गरेर द्वन्द निम्त्याउन खोजेको बताएका छन । आफ्ना पक्राउ कार्यकर्ता रिहा गर्न भन्दै कपिलवस्तुको तौलीहवामा आज आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अपर कणार्ली , अरुण तेस्रो र टनकपुर जस्ता संझौता र आयोजनाको नाममा देश बेच्नेहरु स–सम्मान हिँडीरहेको तर महंगी भ्रष्टाचारको विरुद्ध र राष्ट्रियताको पक्षमा आन्दोलनमा सरिक आफ्ना कार्यकर्तालाई गिरफ्तार गरिनु राज्यको लाचार र निन्दनिय कार्य भएको उनको भनाइ छ ।
नेकपा माओबादी कपिलवस्तुले गरेको प्रदर्शनमा र्यालीले बजार परिक्रमा पछी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै कोणसभा सम्पन्न गरेको थियो।
सयौ सहभागी र्यालीमा पक्राउ कार्यकर्ता रिहा गर , बढ्दो महंगी नियन्त्रण गर , अफगानिस्तान विस्फोटका पिडीतलाई तत्काल राहतको व्यवस्था गर , जनयुद्धकालिन मुद्धा व्युँताएर द्वन्द निम्त्याउने कार्य बन्द गर , भ्रष्टाचारी र कर नतिर्ने एनसेललाई तुरुन्त कारबाही गर जस्ता नारा लगाइएको थियो । कार्यक्रमको संचालन नेकपा माओबादी कपिलवस्तुका कार्यालय सदस्य कमल के.सी ले गरेका थिए । साथै एसलेल प्रक्रणमा गिरफ्तार कार्यकर्ता रिहा नगरे दोस्रो चरण को कार्वाही गर्न बाध्य हुने पनी पार्टीले जनाएको छ । – सोनु कुमार सुनार

प्रतिक्रियाहरु

[anycomment]