सुशासन तथा अनुगमन समितिको बैठक स्थगित

२०७३ असार १७ गते, शुक्रबार

काठमाडौं,१७ असार । व्यवस्थापिका–संसदको सुशासन तथा अनुगमन समितिको आजको बैठक स्थगित भएको छ । पूर्वविशिष्ट सरकारी पदाधिकारीहरुको सेवा–सुविधाबारे छलफल गर्नबैठक बोलाइएको थियो । समितिका सदस्यहरुको उपस्थित न्यून भएपछि शुक्रबार बैठक बस्दै नबसी स्थगित भएका हो ।
सुशासन तथा अनुगमन समितिअन्तर्गत्को उपसमितिले पदाधिकारीहरुले आवश्यकताभन्दा बढी सुविधा लिएको र त्यसलले राज्यकोषको दुरुपयोग भएको निष्कर्ष निकाल्दै समितिलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]