कृषि व्यवसाय राष्ट्र निर्माणको आधार – उपराष्ट्रपति

२०७३ असार २० गते, सोमबार

काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्द बहाद्र पुनले नेपालको मुहार परिवर्तन गर्नका लागि युवाको कृषिमा सहभागीता अनिवार्य रहेको बताएका च्न । फोर एच नेपालद्धारा आयोजना गरिएको प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने कृषि र व्यवसाय समृद्ध नेपाल निर्माणका लागि अपरिहार्य रहेको छ । यसलाई अगाडि बढाउन सरकारले उचित कार्यक्रमहरु ल्याउनु आवश्यक रहेको जनाएका छन् । । यस कार्यमा युवाहरुको प्रतिनिधित्व र निर्णायक भूमिका रहनुपर्ने बताएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै कृषि मन्त्री हरिबोल गजुरेलले २०४६ पछि नेपालमा पहिलो पटक कृषिले प्राथमिकता पाएको बताएका छन् । कृषि विकासको आधारशीला रहेको जनाएका छन् । गजुरेलले नेपालमा किसान प्रविधि र युवा श्रम र पूजी खोजीमा रहेको दाबी बताए । यो वर्षबाट कृषकको बीमा गरिने र कृषिलाई व्यवसायीकरणका लागि आधारहरु तय गरिने जनाएका छन्
कार्यक्रममा नेपालस्थित इजरायाली राजदूत यारोन मायरले इजरालले नेपालसँगै अझै सहकार्य गर्न तयार रहेका बताए । उनले इजरालको प्रविधि नेपाल भित्र्याउनका लागि नयाँ सहमति गर्न पनि आफूहरु तयार रहेको जनाए ।
युवा कृष तथा उद्यमीहरुको मुद्दालाई राष्ट्रियकरण गर्न तथा युवालाई संजालीकरण गर्नका लागि यो सम्मलेनको आवश्यकता रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन्
फोर एच नेपालद्धारा आयोजना गरिएको प्रथम य्वा कृषि उद्यम सम्मेलनमा ५० ओटा जिल्लाबाट १ सय ५० जना युवा, कृषक र उद्यमीको सहभागिता रहेको छ । कार्यक्रम २ दिनसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]