मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने

२०७३ असार २१ गते, मंगलवार

काठमाडौं, २१ असार । उपभोक्ताको ज्यानसँग खेलवाड हुने गरी मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ । नेपाल आयल निगमले यस सम्बन्धी नीति बनाउन सुरु गरेको छ । सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो । निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वटा ग्यास रिफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् । ठूलो संख्यामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिमाणमा सिलिन्डर समेत उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]