लोकमानलाई महाअभियोग लगाउन माग

२०७३ असार २१ गते, मंगलवार

काठमाडौँ, २१ असार । सामाजिक संजालमा सक्रिय युवाहरुले अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउन माग गर्दै नेकपा एमालेको केन्द्रिय पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठ मार्फत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई बुझाइएको हो । कार्यक्रममा एमाले केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको पनि उपस्थिति रहेको थियो । ज्ञापन पत्र बुझ्दै श्रेष्ठले नेमपा एमाले सधै विधिको शासनको पक्षमा रहेको र कुनै पनि बहानामा हुने गैरलोकतान्त्रिक क्रियाकलापहरुको नेकपा एमालेले विरोध गर्ने जानकारी गराएका थिए । प्राज्ञिक क्षेत्रको मर्यादालाई नै ध्वस्त पार्ने गरी लोकमानले चालिरहेका कदमहरुको आफुहरुले निरन्तर प्रतिरोध गरिरहने जानकारी अभियान्ता डा. जितेन्द्र उपाध्यायले गराए ।

प्रतिक्रियाहरु

[anycomment]