परिवार दलको महाधिवेशन सम्पन्न
काठमाण्डौ, २२ असार । ‛असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नारा काठमाडौंमा नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । दुई दिन सम्म चलेको महाधिबेसनले पाँच बर्षका लागि एकनाथ ढकालको अध्यक्षतामा सर्व सम्वत् नयाँ कार्यसमिति चयन गरेको छ ।
५१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट २÷२ जना ,खुल्ला केन्द्रीय सदस्य ७ र दलित, पिछडाबर्ग, मुस्लीम, मधेशी,र आदिबासी जनजातीको आरक्षित कोटाबाट १-१ गरी २८ सदस्यीय समिति चयन गरेको हो । बाँकी रहेका २३ सदस्य अध्यक्षले मनोनयन गरि कार्य समितिलाई पूर्णता दिनेछ ।
महाधिबेसनले बिद्यान सम्सोधन गर्नुका साथै अध्यक्ष एकनाथ ढकालको राजनीतिक प्रतिबेदन सर्व सम्मतले पारित गरेको थियो । दलले असल परिवार,समृद्ध नेपाल र अग्रपन्थी लोकतन्त्रलाई राजनीतिक कार्यदिशा बनाएको छ भने शान्ति, एकता र विकासलाई मूल आधार बनाएको छ । महाधिवेशनमा ७५ जिल्लाबाट एक हजार २०० प्रतिनिधिको सहभागिता रहेको थियो ।