बारको मतदान सुरु

२०७३ असार २५ गते, शनिबार

काठमाडौँ, २५ असार । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।
पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन केहीबेर अघि निर्वाचन सुरु भएको निर्वाचन समितिका संयोजक राजु बस्नेतले बताए । निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने हुँदैछ । निर्वाचन अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने संयोजक बस्नेतले बताए । आज साँझ ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् ।
प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले तथा लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहालले गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]