कार्यकर्ता पक्राउको विरोध
काठमाडौं, २६ असार । नेकपा माओबादी कपिलवस्तुका जिल्ला सचिवालय सदस्य गणेश थारु सहित आफ्ना ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै उक्त पार्टिले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । आफ्ना कार्यकर्ताको तत्काल रिहाईको माग सहित पक्राउ गरिएका व्यक्तिका परिवारलाई सहानुभुति व्यक्त गरि निकालीएको विज्ञप्तिमा भनिएको छ । “बर्गिय सत्ता बर्ग स्वार्थ संगै जोडिएको हुन्छ त्यसै अनुसार आफ्नो बर्ग, क्षेत्र, धर्म र समुदायको रक्षा गर्नु र पराइ माथी जेलनेल र आतंकद्धारा शासन गर्नु पुँजीबादी व्यवस्थाको धर्म हो त्यसको उदाहरण हिँजो बाणगंगा नगरपालीका ९ सिउटीमा गणेश थारुको सपरिवार गिरफ्तारीमा देखिएको छ । ”
साथै पार्टीले १०, १२ महिना अगाडी आफ्नो पार्टीको आन्दोलनको क्रममा बाणगंगा नगरपालीका क्षेत्रमा राज्यद्धारा केही झडपहरु गराइएको र आफ्नो वर्ग र समुदायको आन्दोलनमा सहभागी भएकै आरोपमा गणेश थारु, श्रीमती मिना थारु र विरामी भाई दिनेश थारु लगायत गाँउको अन्य व्यक्तीहरु समेत गरी आधा दर्जन लाइ गिरफ्तार गर्दै गाँउमा छापा मार्ने र खान तलासी गर्नु गम्भिर मानवअधिकारको उल्लघंन भएको समेत विज्ञप्तीमा जनाइएको छ ।
प्रहरीको गैरन्यायिक गिरफ्तारी र एकहोरो दमनबाट उत्पन्न परिस्थितीको सामना गर्न बाध्य सिउटी लगायतका गाँउहरु, आदिबासी जनजाती, थारु तथा मधेशी जनसमुदाय, नागरिक समाज, मानव अधिकारबादी, कानुन व्यवसायि, पत्रकार लगायत सवैमा कार्यकर्ता रिहाइ र मानवअधिकारको पक्षमा सहयोग गर्न अपिल गर्दछौँ विज्ञप्तीमा थप भनीएको छ । साथै पक्राउ कार्यकर्ता रिहा नगरे कडा संघर्षको घोषणा गर्न बाध्य हुने पनी उक्त पार्टीले जनाएको छ ।