सरकार ढाल्नेलाई मोर्चाको साथ

२०७३ असार २६ गते, आईतवार

काठमाडौ, २६ असार । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ । संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अहिलेको प्रयास परिपक्व भइ नसकेको बताए। यद्यपि सरकार ढाल्न जोसुकैले प्रयास गरे पनि त्यसमा सहयोग गर्ने नेता श्रेष्ठको भनाइ छ ।
सद्भावना पाटीका प्रवक्ता सन्तोष मेहताले भने सरकार ढाल्ने बलियो अवस्था तयार भइसकेको दाबी गरे। ‘वैशाखमा सरकार ढाल्ने प्रयास नै कमजोर थियो, अहिले बलियो देखिएको छ,’ मेहताले भने।

प्रतिक्रियाहरु

[anycomment]