मधेसी मोर्चाको अनसन सकिँदै

२०७३ असार ३१ गते, शुक्रबार

काठमाडौ, ३१ असार । मधेसी मोर्चाको अनसन आज साँझ ७ बजेबाट सकिँदै छ । संविधानमा उल्लेखित केहि बिषयप्रति असन्तुष्टि जनाउँदै जेठ २५ गतदेखि अनसनमा रहेको मोर्चाको अनसन आज साँझ ७ बजेबाट सकिने मधेसी जनअधिकार फोरम नेपालका नेता लालबाबु यादबले बताए । मोर्चाले जेठ २५ गतेदेखिको अनसन थालेको थियो ।
अनसन सकिँने बित्तिकै आन्दोलनको स्वरुप कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल गर्न मोर्चा आन्तरिक बैठक तथा छलफलमा जुट्ने यादबको भनाई छ । २०७२ साउन ३१ गतेदेखि मोर्चाले बिरोध स्वरुप आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]