आज १९ जुलाई , रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेको दिन

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौ, ४ साउन । रोममा आगजनी भएको त्यो इतिहासको पाना जुन अहिले पनि रहस्यकै गर्भमा छ । तर, रोम चलेको त्यो भयंकर दृष्य धेरैको स्मरणमा छ । १९ जुलाई १९६४ का दिन रोमको व्यापारिक क्षेत्रबाट सुरु भएको आगोले चाँडै पूरै रोम नष्ट गरेको थियो ।
रोमका १४ मध्ये १० जिल्लामा ६ दिनसम्म आगो दन्किरह्यो । तीन जिल्ला पूर्णरुपमा सखाप भयो । बाँकीमा पनि ठुलो क्षति भयो । यो आगो कसैले लगायो वा दुर्घटना थियो भन्ने कुरा अहिले पनि रहस्यकै गर्भमा छ । इतिहासकारहरु तत्कालीन रोमका शासक नीरोले लगाएका थिए वा अरु कसैले वा दुर्घटना मात्र थियो भन्ने कुरामा विवाद छ।
केही इतिहासकारले त नीरोले नशामा धुत भएर दुई जनालाई आगो लगाउन पठाएको र जलिरहेको सहरलाई आफ्नो दरबारबाट हेर्दै गीत गाएर बसेको उल्लेख गरेका छन् ।
यद्यपि आधुनिक इतिहासकारहरु यसमा सहमति छैनन् । केही इतिहासकारहरुले त्यतिबेला नीरो सहरमै नरहेको दावीसमेत गरेका छन् । आगो लागेको खबर सुनेपछि मात्र उनी रोम आएको र राहतको काम सुरु गरेको कतिपयको मत छ।
नीरोले जनतालाई शरण दिनका लागि आफ्नो दरबारको ढोका पनि खोलेका थिए । रोकको यो आगो सबैभन्दा ठुलो अवश्य थियो तर पहिलो भने थिएन । यसपछि भिटेलियम र टाइटसको शासनकालमा पनि आगो लागेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]