बन्दका कारण कास्कीको जनजीवन ठप्प

२०७३ श्रावण १० गते, सोमबार

काठमाडौ, १० साउन । नेकपा माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दका कारण कास्कीको जनजीवन प्रभावित भएको छ । सुकुम्वासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण बिहानैदेखि पोखरामा सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन भने शिक्षण संस्थाको पठनपाठन पनि ठप्प भएको छ । बन्दका कारण जरुरी काम भएर विभिन्न ठाउँ पुग्नुपर्ने यात्रु हिँड्न बाध्य छन् भने बजार क्षेत्र सुनसान बनेको छ । बन्दकर्ता दुई जना कार्यकर्ता प्रकाश वास्तोला र अशोक भण्डारीलाई पोखराको नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]