लोकमान सुशासन समितिको बैठकमा अनुपस्थित

२०७३ श्रावण ११ गते, मंगलवार

काठमाडौँ, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की व्यस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा अनुपस्थित भएका छन् । कार्कीले अस्वस्थ रहेको पत्र पठाएर बैठकमा आउन नसक्ने जानकारी गराएका हुन् । उनले पठाएको पत्रमा घाँटीमा संक्रमण देखिएको र डाक्टरले एक हप्ता नबोल्न सल्लाह दिएको उल्लेख छ। कार्कीले एन्टिबायोटिक औषधि खाइरहेको पनि पत्रमा उल्लेख गरेका छन्। काठमाडौं विश्वविद्यालय (केयु)को एमडी/एमएस प्रवेश परीक्षामा हस्तक्षेपको विषयमा छलफल गर्न समितिले अख्तियार प्रमुख आयुक्त कार्कीसहित आयुक्तहरुलाई आइतबार डाकेको थियो। तर आइतबारको बैठक दुई पछि आजलाई सारिएको थियो । अख्तियारले क्षेत्राधिकारबाहिर गएर विश्वविद्यालयको प्राज्ञिक मर्यादामाथि हस्तक्षेप गर्ने गरी परीक्षा आफैं गराएको बयान केयु पदाधिकारीले दिएपछि समितिको बैठकले छलफल निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]