तीनवटै चुनाव एकैपटक गरौ – भट्टराई

२०७३ श्रावण १६ गते, आईतवार

काठमाडौ, १६ साउन । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संविधानप्रति असन्तुष्टहरुको माग पूरा गरी तीनवटै चुनाव एकै पटक गर्नुपर्ने बताएका छन् ।
आज दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले समय र खर्चका हिसावले पनि प्रदेश, केन्द्र र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नुपर्ने बताए । पटक पटक सरकार फेरबदल हुने खेल नयाँ संविधानपछि अन्त्य हुन्छ कि भन्ने जनताको अपेक्षा फेरि पनि उस्तै भएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी रहने ब्यवस्था नभएसम्म यस्तै भईरहने टिप्पणी गरे ।

प्रतिक्रियाहरु

[anycomment]