नेविसंघमा भागबन्डा मिल्यो, बन्दसत्र सुरु हुदै

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौ, २६ साउन । गएराती बसेको निर्देशक समितिको बैठकले नेपाल विद्यार्थी संघको प्रतिनीधि विवाद मिलाएको छ । समितिले यसअघि माग गरिएको प्रतिनिधि संख्या र सबै पक्षका मागलाई राखेर मध्यमार्गी बाटोबाट प्याकेजमा समाधान गरेको छ । समितिले पार्टी शीर्ष नेताहरुको गुट अनुसार नै भागबण्डा मिलाइएको छ । नेपाल विद्यार्थी संघको आज तीनदिन पछि महाधिवेसनको बन्दसत्र सुरु हुनेछ । प्रतिनिधिको टुंगो नलाग्दा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन ।
२३ गते सुरु भएको नेविसंघको महाधिवेशन हिजो नै सकिने कार्यतालिका रहेको थियो । २२ जिल्ला र त्रिभुवन विश्वविद्यालय लगायतका क्याम्पसहरूबाट आएका प्रतिनिधि कसरी भागबण्डा गर्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षबीचको विवादले लम्बिएको थियोे ।
तीनहजार ४ सय महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसंको महाधिवेशनले १ सय ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]