नेवि संघको अध्यक्षमा ८ जनाको उम्मेदवारी

२०७३ श्रावण ३२ गते, मंगलवार

काठमाडौं, ३२ साउन । नेपाल विद्यार्थी संघको महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । आज मध्याह्न १२ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । फर्जी प्रतिनिधि खारेज गर्ने सहमति भएपछि नेवि संघको निर्वाचन प्रक्रिया अघि बढेको हो । निर्वाचन समितिकाअनुसार अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट नैनसिंह महरको उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्यको उम्मेदवारी परेको छ । यस्तै , आनन्द त्रिपाठी, पदमराज पन्त, लक्ष्मण आचार्य, वचन कार्की, नागेनसिंह ठकुरीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । कांग्रेस नेता खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेतले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेवि संघको महामन्त्रीमा कुन्दनराज काफ्ले, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, सरोज थापालगायतले मनोनयन दर्ता गराएका छन् ।
यही साउन २३ गते उद्घाटन गरिएको नेवि संघको महाधिवेशनमा प्रतिनिधि विवादका कारण बन्दसत्र नै नगरी नेतृत्व चयन हुन लागेको हो । नेतृत्व चयनका लागि बुधबार मतदान हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]