कांग्रेस जिल्ला सभापतिहरुको भेला गर्दै

२०७३ भाद्र ५ गते, आईतवार

काठमाडौ, ५ भदौ । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । आज र भोलिका लागि बोलाइएको सो भेलामा नेपाली कांग्रेसले स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल गर्नेछ । सभापतिहरुको भेलाले दिएको निस्कर्ष अनुसार पार्टीले पुनर्संरचनाका विषयमा आधिकारिक धारणा बनाउने छ ।
राजनीतिक दल र नेताहरूको स्थानीय निकायको पुनस्संरचना सम्बन्धी फरकफरक धारणा बाहिर आइरहेका बेला संसदको ठूलो दल कांग्रेसले त्यस विषयमा आफ्नो आधिकारिक धारणा तय गर्न केन्द्रीय समिति र जिल्ला सभापतिहरूको दुईदिने भेला बोलाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]